किन गर्न हुँ दैन एउटै गो त्र भएकासँग विवाह ? यस्तो छ धर्मशास्त्रको नियम, जन्नुहोस

समाज

काठमाडौं । हाम्रो धर्मशास्त्रमा एउटै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने मान्यता रहेको छ । गोत्र शब्दको अर्थ हो वंश र कुल । विषेश गरेर गोत्रको कुरा उठाउँनुको उदेश्य भनेको कुनै पनि व्यक्तिको वंशसँग वा पुर्खासँग सम्बन्ध स्थापित गरिरहनु हो । जस्तै तपाईको गोत्र भारद्वाज हो भने त्यस्को अर्थ हो तपाईँको वंश वैदिक ऋषि भारद्वाजबाट शुरु भएको हो । अर्थात् तपाई भारद्वाज ऋषिका सन्तान भित्र पर्नुहुन्छ । हाम्रा अग्रज तथा बुवा आमाहरुले हामीलाई एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने चलनबारे बताइरहनु भएकै हुन्छ । किन एउटै गोत्रमा किन विवाहमा गर्नु हुँदैन । हामी यसैको बारेमा चर्चा गर्नेछौ ।

सह गोत्रीसँग किन विवाह गर्नु हुँदैन ?

भारद्वाज, विश्वामित्र, जमदग्नि, गौतम, अत्रि, वशिष्ठ, काश्यप, सप्त ऋषिको नामले चिनिन्छन् । यसमा आठौं ऋषि अगस्तिका सन्तान ‘गौत्र’ भनेर चिनिन्छन् । विवाहमा गोत्रको ठूलो महत्व छ र विवाह गर्नुअघि वा बर बधुको विवाहको कुरा चलाउनु अघि एउटै गोत्र पर्छ कि पर्दैन सबै बुझेर मात्र हाम्रा अग्रजहरुले कुरा चलाउँनु हुन्छ । पुराणमा उल्लेख गरिएको छ कि यदि कुनै बर वा बधु सहगोत्री छन्÷छिन् भने विवाह गर्ने अनुमति जतिसुकै प्रेम भएपनि दिनु हुँदैन । कतिपय अवस्थामा केटा केटीको मन परापर भएर प्रेम हुने, प्रेमपछि विवाहको कुरा चल्दा गोत्र एउटै भएर विवाह रद्ध हुने अवस्था पनि आउँदछ ।

त्यसैले विवाह छिन्ने समयमा गोत्रको ख्याल गर्नुपर्छ । गोत्रको सम्वन्ध रगतले निर्धारण गरेको हुन्छ अर्थात जानीबुझी एउटै गोत्रकी केटीलाई बिहे गरेमा केटो जातिभ्रष्ट हुन्छ । एकै गोत्रका स्त्री, पुरुष, भाइबहिनी हुन् र उनीहरूका बीच विवाह हुनु भनेको हा ड नाता भित्र विवाह हुनु हो ।

मत्स्य पुराणका अनुसार ब्राह्मणको साथमा सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने उल्लेख छ । धर्मसूत्रमा भनिएको छ ‘संगौत्राय दुहितरेव प्रयच्छेत’ अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुँदैन । असमान गोत्रीयसँग विवाह नगरेमा ब्राम्हण च्युत हुन्छ । यस्ता जोडीबाट सन्तान पनि गतिला जन्मदैनन् । जानी जानी सहगोत्री विवाह गरेमा महापाप लाग्ने र च्युत हुने समेत धर्म शास्त्रमा उल्लेख छ । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ ।

सहगोत्रीसँग विवाह गर्नु नहुने कुरा विज्ञानले पनि मानेको छ र विज्ञानले भन्छ फरक गोत्रबाट नयाँ नयाँ विचार धाराको जन्म हुन्छ । एउटै कुल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दो’ ष हुन्छ र उनीहरूमा एकैखाले विचारधारा हुन्छ ।

विवाह गर्नको लागि कति गुण हुनुपर्छ ?

विवाहलाई पारिवारिक मिलनको रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ । अहिले केही व्यक्तिलाई तोकिएअनुसार साक्षी राखेर २० वर्ष उमेर पुगेका बर र बधुको कानुनी विवाह गर्न सकिने कानुनी व्यवस्था पनि छ ।

मनुस्मृति लगाएत अन्य शास्त्रमा विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ । आफूले चाहेर मात्र नहुने । देखेको नपाइने, लेखेकै हुनुपर्ने तथा विवाहका लागि सूर्य भगवानले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ । स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ । हाम्रो समाजमा विभिन्न जातजाति, धर्म र सम्प्रदाय अनुसार विवाह कर्ममा केही फरकफरक संस्कारहरू पाइन्छन् तर सामान्यतया हिन्दूधर्ममा वा ज्योतिषशास्त्रमा विवाह गर्नको लागि वर र कन्याको कति गुण हुनुपर्दछ यसै बिषयमा यहाँ चर्चा गरिएको छ ।

बर र बधुको जन्म समय अनुसार तयार भएको चिनामा वर्णको १, वश्यको २, ताराको ३, योनिको ४, मैत्रीको ५, गणको ६, भकूटको ७ र नाडीको ८ गरी जम्मा ३६ गुण मध्ये १८ भन्दा धेरै प्रप्तांक आएमा ज्योतिषीको परामर्षमा विवाह गर्ने निश्चय हुन्छ । गुणका अतिरिक्त केटाकेटीको मांगलिक स्थिति समेत हेर्नुपर्ने हुन्छ । लग्नकुण्डलीको १, ४, ७, ८ तथा १२ स्थानमा मंगल ग्रह विराजमान भए मांगलिक हुने र मांगलिक केटाको मांलिक केटीसँगमात्र विवाह गर्नुपर्ने शास्त्रीय मत रहेको छ ।

अन्यथा वैवाहिक सुखमा कमी आउँने शास्त्रीय मत रहेकाले कुम्भ विवाह, कलश विवाह, तुलशी विवाह आदि विधिले दोष निवारण गरी विवाह गर्ने गरिन्छ । तरपनि मांगलिक भङग भएको अवस्थामा भने मांगलिक नहुने ज्योतिष शास्त्रमा लेखिएको छ ।

बर र बधुको राशि गणना गर्दा बरकोबाट बधुको राशि ८, १२ भयो भने पनि विवाहको राम्रो मानिन्न । जस्तै बरको राशि मेष रहेको छ भने मेषबाट ८ गन्दै जादा वृश्चिक राशि ८ पर्न जान्छ । त्यस्तै मेष राशिबाट बधुको १२ औँ राशि मिन राशि हुन्छ । यानिकी आफ्नो राशिबाट गन्दै जादा ८ औँ राशि र १२ राशिको व्यक्तिसँग भरसक विवाह नगर्नु राम्रो मानिन्छ । यस्तो अवस्थामा विवाह गरेमा ऋण, रोग तथा संकटले जीवनमा प्रभाव पार्ने शास्त्रमा उल्लेख गरिएको छ । ज्यो. दुर्गा भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *