प्रभुले बचाउँछन् भन्दै ५ दिनसम्म घरमै ला,स, गन्हाएर खाना खान नसकेपछि छिमेकीले प्रहरी बोलाए

बिचित्र

कैलाली – कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा म,रेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म ला,स घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र श,व गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा ला,स रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घ,टनास्थल पुगेको थियो । शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी हुनुहुन्थ्यो ।

कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृ’,त्यु भएको थियो । मृ’,त्युपछि पाँच दिनअघि थप उपचारका लागि पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिनुभएको छ । पाष्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा हुनुहुन्थ्यो । पाष्टर चौधरी पनि ला,समा पसिना आएर गन्ध आएको र ला,स उठ्ने विश्वासमै हुनुहुन्थ्यो तर मङ्गलबार बिहान गन्धले खाना खान नसकी छिमेकीको घरमा गएको बताउनुहुन्छ । पाष्टर दीपकले टीकापुर नगरपालिका–४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताउनुभयो ।

मङ्गलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको छ । प्रहरी पुगेपछि ५ बजेतिर श,व उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *