आमाबुवाले युट्युवमा रुँदै दिएको अन्तरवार्ता देखेपछि हराएको छोरा दिल्लीबाट फर्किए , आमा बुवाको खुसीको सिमा रहेन

भिडियो

काठमाडौ । अञ्जान परियार भर्खरै १२ मा पढ्दै थिए । तर उनी एकाएक हराए । भर्खरको छोरा अचानक हराउँदा आमाबुवाको बिचल्ली भएको थियो । कतैवाट छोरा ममी भन्दै आउँछकी जस्तो लाग्थ्यो, रातभरी घरको ढोका पनि खुलै राख्थिन् ।

न निदाउन सक्थिन् आमा न भोक लाग्थ्यो । भोली सहारा होला भनेको छोरा हराएपछि बुवा आमा खोजी गर्न भन्दै भौतारिदै हिँडे । प्रहरी कार्यालयमा पुगे तर केही सिप लागेन ।

उनीहरु एउटा आश लिएर युट्युव (सामाजिक सञ्जाल) प्रयोगकर्ताकहाँ सहारा लिन चितवन आइपुगे । आमाबुवाले युट्युवमा रुँदै दिएको अन्तरवार्ता दिएको देखेपछि छोरा सम्पर्कमा आएको भन्दै आमाबुवा खुसी भएका छन् । उनी भारतको दिल्लीमा रहेको थाहा भएको छ । तर उनीहरुले आफ्नो आँखा अगाडी भने छोरा आएका छैनन् । यसरी छोराले फेरी आमा भन्दै फोन गर्ला भन्ने त मैले सोचेकै थिइन् बाबु, उनले रुँदै भनिन्, छोरा दिल्लीमा छ भन्ने थाहा पाइयो ।

माघ १३ गते विहान क्याम्पस पढ्न भन्दै निस्केको छोरा घरमा फर्केर आएनन् । सबै तिर खोजी गर्दा नभेटिएका छोरा मिडियामा आएपछि सम्पर्कमा आएका छन् । छोरालाई प्रत्यक्ष देख्न नपाएपछि उनको बोली सुन्न पाएकोमा संसार जिते झैँ भएको छ । छोरालाई भेटेर आएको मान्छेले सन्चै छ भनेर सुनाए, पर्वतवाट चितवनमा रहेका संचारकर्मीलाई फोन गरेर खुसी ब्यक्त गरे ।

जतिबेला बुवा आमा छोराको खोजीका लागि भन्दै चितवन आएका थिए उनीहरुको अवस्था निकै बेहाल भएको थियो । निकै भावुक माहोल थियो त्यती बेला । अहिले पनि उनीहरु रोएका छन् तर त्यो उनीहरुको खुसीको आँशु हो । म त निकै खुसी भएकी छु, बाबु आमाले भनिन्, हजुरले गर्दा फेला परे खुसी भइयो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *