आयुर्वेद कलेजमा अध्ययनरत १७बर्षकी भट्टको मृ`त्यु

समाचार

किर्तिपुर:किर्तिपुरको आयुर्वेद कलेजमा डाक्टर पढ्दै गर्नुभएकी गायत्री भट्टको मृ’,त्यु भएको छ । भट्टलाई बिहीबार साथीहरुले छात्रवासमा अचेत अवस्थामा ओछ्यानमा लडेको अवस्थामा फेला पारेका थिए ।

बिहीबार बिहान साढे ८ बजे साथीहरुसँगै खाना खानुभएकी १७ वर्षकी भट्टलाई सोही दिनको साझँ साथीहरुले बेहोस अवस्थामा फेला पारेको कलेज प्रमुख डा.शिव मंगलले जानकारी दिनुभयो

‘साथीहरुसँग बिहान खाना खानुभएको रहेछ, शिवरात्री भएकाले मन्दिर दर्शन गर्न जाऊ भनी साथीहरुले अनुरोध गर्दा आफु राती नसुतेको र आगामि परीक्षाको तयारी गर्ने भन्दै नजाने

बताएपछि साथीहरु मात्रै मन्दिर जानुभएछ, मंगलले भन्नुभयो, ‘दिउँसो ३/४ बजेतिर मन्दिरबाट फर्किएर साथीहरुले कोठामा बोलाउँदा नबोलेपछि छिमेकीको घरबाट कोठामा हेर्दा लडेको

देखेपछि साथीहरुले तुरुन्तै किर्तिपुर अस्पताल पुर्याउनुभयो तर अस्पताल पुर्याएको ५ मिनेटमै डाक्टरहरुले मृ,त घोषित गर्नुभयो । बीएएमएसको प्रथम वर्षमा अध्ययनरत भट्ट सुदुरपश्चिमको टपर विद्यार्थीसमेत रहेको मंगलले बताउनुभयो ।

महानगरीय प्रहरी वृत किर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकेस तण्डुकारका अनुसार भट्टको कोठामा हेर्दा उहाँले अत्याधिक औषधि खानुभएको थियो ।

यद्यपी घटनाबारे छानबीन भइरहेको उहाँले बताउनुभयो । भट्टको श,वको पोष्टमार्टमा गरिएको र रिपोर्ट आउन बाँकी रहेको डीएसपी तण्डुकारले जानकारी दिनुभयो ।भट्टको शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *