अन्त्यष्टिका लागि चितामा सुताइएका मलिक आगो लगाउने बेलामा जुरुक्क उठेर बसेपछि…

बिचित्र

एजेन्सी । असावधानीका कारण झण्डै एक ब्यक्तिको अनाहकमा मृत्यु हुनवाट जोखिएको छ । अन्त्यष्टिका लागि भन्दै चितामा सुताइएको ब्यक्ति आगो लगाउने बेलामा जुरुक्कै उठेर चितामै बसे पछि मलामी गएकाहरुको भागाभाग भएको छ । यो घटना भारत ओडिसाको हो । भारतको ओडिसाको गंजाम जिल्लामा भएको यो घटनाले अहिले भारतीय मिडियामा चर्चा पाएको छ ।

मलामी गएकाहरुको भागाभाग भएको थियो । चितामा शब चलमलाउन थालेपछि मलामी डराएका थिए । त्यसैबीच उनी उठेर चितामै बसे । त्यस्तो देखेर मलामी भु’त भन्दै थप डराए । तर, तत्काल त्यहाँ भएका कसैले एक चिकित्सकलाई खबर गरे ।

उनीहरुले मृत्यु भएको ठानेका ब्यक्ति जिवितै थिए । सीमान्चक मलिक नाम गरेका ति ब्यक्तिलाई अहिले अस्पताल लगिएको छ । अहिले ती व्यक्तिको स्वास्थ्य स्थीर भएको त्यहाँका चिकित्सकले भारतीय मिडियालाई बताएका छन् ।

शनिबार जंगलमा बाख्रा चराउन गएका मलिक आइतबारसम्म घर नआएपछि खोज्न गएका व्यक्तिहरुले उनी मृ’त भएको भन्दै घाटमा पुर्याएका थिए । उनलाई ज्वरो आएका कारण उनी बे’हो’स भएको चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *