बहिनी खोज्न गएकी किशोरीलाई युवाहरुले गोठमा लिएर गए अनि गरे युवतिमाथि सुन्नै नसकिने काम

समाज

सल्यानमा एक घटनाको खुलासा घटनाको तीन महिना पछि भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका निवासी १४ वर्षीया बालिका माथी सामुहिक ब ला त्का र भएको घटनाको खुलासा भएको हो । कक्षा ८ मा अध्यनरत १४ वर्षकी ति बालिका साँझ गाउँतिर खेल्न गएकी बहिनीलाइ खोज्न जाँदा छिमेकी युवाहरुले सामुहिक ब ला त्का र गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घरबाट बहिनी खोज्न निस्किएकी ति बालिकालाइ छिमेकी दुइजना युवाहरुले समातेर नजिकैको गोठमा लिएर त्यस्तो कार्य गरेको उनले प्रहरी समक्ष बयान दिएकी छन् । बयानमा उनले भनिन्, ‘एउटाले मुख बन्द गर्यो, अर्कोले समाएर बाख्रा बा ध्ने गोठमा लगेर पालैपालो त्यस्तो नराम्रो काम गरे ।’ तर यो घटना भने तीन महिना पुरानो माघ १० गतेको बताइएको छ ।

घटनापछि ति युवाहरुले कसैलाइ भनेमा आफुलाइ मा रि दिने ध म्की दिएपछि ति बालिकाले यो कुरा कसैलाइ भनेकी थिइन् । घटना हुँदा बालिकाका आमाबुबा मजदुरीका लागि भारतमा थिए । बालिका बहिनी सहित घरमा हजुर आमा संग बस्दै आएकी थिइन् । हजुरआमाका अनुसार घटनापछि बालिकाको स्वभाव परिवर्तन भएको थियो । एकान्तमा बस्न र कसैसंग धेरै बोल्न न रुचाउने उनि रातीको समयमा चि च्या उ ने गरेको हजुरआमा बताउँछिन् । उनले भनिन्, ‘यसरी सपनामा चि च्या उ न थालेपछि मैले पटकपटक नातिनीलाइ सोधें तर उसले केहि भनिन् ।’

एक हप्ता अघि मात्रै यहि घटनाको कारण डिप्रेशनमा पुगेर देह त्याग गर्न डोरी लिएर जंगल गएपछि हजुरआमाले देखिन् । त्यसपछि घटनाको बारेमा उनले सबै भनेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले बताए । लगतै भारतबाट आमाबुबा आएर बैशाख १६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा घटना गर्ने दुइजना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जाहेरी लगतै प्रहरीले ती १६ वर्षीय र १७ वर्षीय युवकलाइ पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

माघ महिना देखी महिनावारी समेत नभएकी बालिकाको स्वास्थ्य परिक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *