घाँस, दाउरा गरेर हुर्किएकी मेलिना मैनालीमा ‘भ्वाईस अफ नेपाल’ तहल्का मच्चाउँदै भन्छिन : ठुलो गायिका बनेर आमा-बुवालाई सुख दिन्छु (भिडियो हेर्नुस)

भिडियो

सांगीतिक क्षेत्रमा करिअर बनाउने सपना बोकेर १७ बर्षिया गायिका मेलिना मैनाली अहिले काठमाण्डौमा दौडधुप गरिरहेकी छिन् । उनले १५ बर्षको उमेरमा गाएको ‘छोटा छ जिन्दगी’ बोलको गीत चर्चामा आएपछि उनलाई खोज्नेहरुको संख्या बढे ।

दर्शक–श्रोताले समेत राम्रो स्वर भनिदिएपछि फुरुङ्ग परेकी यी गायिकाले काठमाण्डौ आएको २ महिनामै ८–९ वटा गीतमा स्वर भरिसकेकी छिन् । यसैबिच भ्वाईस अफ नेपालमा प्रतिस्पर्धीको रुपमा रहेपछि मेलिनाको चर्चा बढेको छ । उनले व्लाईन्ड अडिसनमा आउ है माया बोलको गीत गाएकी थिईन्, जुन गीतलाई सबैले रुचाएका थिए । त्यसपछि व्याटल राउण्डमा पनि उत्कृष्ठ प्रस्तुति दिदै मेलिनाले अर्का प्रतिस्पर्धीलाई पछारिन् । मेलिनाले गाएको गीत यतिबेला टिकटकमा पनि हिट छ । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *