चीन ले गर्दै छ यस्तो अदभुत आविष्कार ! अमेरिकालाई ३० वर्ष पछाडि छोड्ने दाबी

समाचार

चिनले गर्न थालेको एउटा कामले सिङै विश्वको ध्यान तानेको छ । चिनले हाइपरसोनिक विमानको परीक्षण गर्नलाई हाइपर सोनिक टनेल निर्माण गर्न थालेको हो । चाइनिज एकेडेमी अफ साइन्सेजका शोधकर्ता हान गुलेइले जनाए अनुसार यसको परीक्षण प्रति घण्टा ३७ हजार किलो मिटर भन्दा तीव्र रफ्तारमा गरिने छ । हान भन्छन् यसको तीव्रता ध्वनिको गति भन्दा तिस गुना बढी हुनेछ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार अमेरिका युरोप र रुस जस्ता सक्तीहरू कम्तिमा २० देखी ३० वर्ष पछाडी धकेलिने छन् । यि देशहरूले हाइपर सोनिक विमानको परीक्षणमा ठुलो धनराशि खर्च गरिरहेका छन् ।

यहाँ रोचक कुरा के छ भने पृथ्वीको व्यास १२,७१४ किलोमिटर छ जब कि यो विमानको गति ३७,००० किमी प्रति घण्टा भन्दा बढी । अर्थात् यसको साहारामा पृथ्वीलाई एक घण्टामा तीन चक्कर लगाउन सकिने छ ।

JF- २२ नाम दिइएको यो परीक्षण सफल भएमा मानिसको अन्तरिक्ष यात्रामा ठुलो क्रान्ति साबित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *