एउटा सिक्काको मूल्य २ अर्ब २० करोड रुपैयाँ ! आखिर के थियो त्यो सिक्काको विशेषता ?

बिचित्र

एउटा सिक्काको मूल्य कति पर्ला ? सामान्यतया सिक्काको मूल्य त्यही सिक्कामै लेखिएको हुन्छ । अमेरिकामा यस्तै एउटा सिक्का अहिले चर्चामा छ । यो सिक्का २० डलरको सिक्का हो अर्थात यसमा लेखिएको मूल्य २० डलर अर्थात २ हजार ३ सय रुपैयाँ मात्रै हो । तर, त्यो सिक्का १८.९ मिलियन डलर अर्थात २ अर्ब २० करोड रुपैयाँमा बिक्री भएको छ । हेर्दा सामान्य देखिले यो सिक्काको लिलामी भएको थियो जसमा यो सिक्का यति महंगो मूल्यमा बिक्री भएको हो । सोही लिलामीमा एउटा अत्यन्तै दुर्लभ हुलाक टिकट पनि ८.३ मिलियन डलरमा बिक्री भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मंगलबार न्यूयोर्कमा भएको लिलामीमा सन् १९३३ को यो डबल इगल सुनको सिक्काको लिलामी भयो । यो सिक्काको लिलामीले सबै रेकर्ड तोडेको छ । कानुनी रुपमा डबल इगलको यो सिक्का निजी हातमा थियो । सोथबे अक्सनमा लिलामी बिक्री भएको यो सिक्का १० देखि १५ मिलियनसम्ममा बिक्री हुन सक्ने अनुमान गरिएको थियो तर यसको बिक्री मूल्यले सबै रेकर्ड तोडिदियो ।

२० डलरको यो डबल इगल सिक्काको एकपट्टि उडिरहेको चीलको डिजाइन छ । अर्कोतिर अघि बढिरहेको लिबर्टीको डिजाइन छ । यो सिक्का जुत्ता डिजाइनर तला संकलक स्टुआर्ट विट्जम्यानले बेचेका हुन् । विशेषज्ञका अनुसार अमेरिकामा प्रयोजनमा आएको अन्तिम सुनको सिक्का भएको कारण यसको मूल्य यति धेरै बढेको हो । विट्जम्यानले नै सोही लिलामीमा ब्रिटिस गुयाना वन सेन्ट म्याजेन्टा हुलाक टिकटलाई ८.३ मिलियन डलरमा बेचे । यो इतिहासकै सबैभन्दा मूल्यवान हुलाक टिकट बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *