त्यसपछि उनीहरुले मेरो कपडा खो’ल्न थाले….

बिचित्र

रातको समयमा शौच गर्न निस्किएकी बालिकामाथि सा’मू’हि’क क,रणी गरिएको छ। सोमबार राति मोटरसाइकलमा आएका दुई युवाले अ’प’ह’र’ण’पछि १४ वर्षीया ती बालिकाको क,रणी गरेका प्रहरीले जनाएको छ।

आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पि’साब फेर्न घरबाहिर निस्किएकी बालिकालाई दुई युवकले अ’प’ह’र’ण’को शै’ली’मा मोटरसाइकलमा राखी लगेका थिए । उनीहरूले दुई घण्टापछि बालिकालाई उनकै घरनजिक ल्याएर छाडी भा’गेका थिए । युवकले को२२प १८१६ नम्बर मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ ।

‘राति नौ बजेतिर पि’साब लाग्यो भन्दै घर बाहिर निस्केकी छोरी निकैबेरसम्म नफर्केपछि हामी बाहिर निस्क्यौं,’ ती बालिकाका अभिभावकले प्रहरीसँग भनेका छन् ‘बोलाउँदा कतै नभेटेपछि हल्ला गर्‍यौं, गाउँले भेला भए। खोजी गरे पनि भेटिएन। करिब तीन घन्टापछि छोरीलाई घर नजिकै छाडिदिएछन्।’

‘म शौच गर्न बाहिर निस्किएको समयमा ज’ब’र्ज’स्ती मोटरसाइकलमा राखेर लगे,’ पी’डित बालिकाले भनिन्, ‘सडकमा दुईजना केटाहरू बसेका रहेछन्, मैले देखिनँ । एक्लै भएको मौका पारेर उनीहरूले मेरो मु’ख थु’नेर बाइकमा बसाएर लगे । चि’च्या’उ’न लाग्दा मु’खमा स’ल को’चे ।’ मुख थु’निदिएका कारण आफूले बोल्न न’सकेपछि घरदेखि निक्कै पर पराल थुपारेको बारीमा लगेर क’पडा खो’ल्न ल’गा’उँदै आ’फूमा’थि करणी गरेको बालिकाले बताइन्। बालिकाले कसैलाई सुनाएमा मा’रि’दि’ने ध’म्की’स’मेत उनीहरूले दिएकाप्रहरीले जनाएको छ।

त्यस समयमा दुवैजनाले एकअर्काको नाम लिँदा याद गरेको बताउँदै बालिकाले भनिन्, ‘दीपेश यादव र अजय धोबियाले गरेपछि घरनजिकै ल्याएर छाडी भागे ।’ अ’प”ह’र’ण गरेर मोटरसाइकलमा राख्दै घरदेखि लगभग डेढ किलोमिटर पर लगेर करणी ग’रेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले बताए । ‘

प्रहरीले घ,टनाराति १ बजेतिर मात्रै थाहा पायो। खोजी गर्दा घ,टनामा संलग्न फेला नपरेपछि मात्र आफन्त र स्थानीयले नै ढिलो गरेर घटनाका बारेमा प्रहरीलाई जानकारी दिएका डीएसपी थापाको भनाइ छ। त्यसपछि खोजी थालेको प्रहरीले पनि ब,ला,त्कारमा संलग्न युवालाई फेला पार्न सकेन।

‘घ,टनालगत्तै प्रहरीलाई जानकारी दिइएन।गाउँले आफैं हो’ह’ल्ला गर्दै खोजीमा निस्किएछन्। त्यो कुरा चाल पाएर घ,टनामा संलग्नहरूले भाग्ने मौका पाए,’ डीएसपी थापाले भने, ‘घ,टना सुन्नेबित्तिकै खोजी थालिए पनि उनीहरू भा’गि’स’के’का थिए।घ,टनास्थलबाट भारतीय भूमि नजिकै भएका कारण भारततिर नै फरार भएको आ,शंका छ।’

यो पनि : आलु खेतीमा रमाउँदै प्रकाश सर

अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेशाले सरकारी शिक्षक हुनुहुन्छ । उहाँले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम मावि भातकाँडा हो । उहाँ सो विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गराउनुहुन्छ । उहाँ शिक्षण पेशामा आबद्ध भएको २२ वर्ष पुग्यो जसमा सात वर्ष करार र १५ वर्ष स्थायी छ ।

शिक्षक ऐरको दैनिकी फरक छ । उहाँ बिहान ६ देखि ९ बजे र साँझ ५ देखि करीब ८ बजेसम्म मातृभूमिको माटामा रमाइरहेको भेटिनुहुन्छ । उहाँ तीन महिना आलु खेतीसँग रमाउनुहुन्छ, तीन महिना काउली खेतीसँग मनोरञ्जन लिनुहुन्छ । उहाँ बाँकी समय घर वरपरका बोटबिरुवा, गाईभैँसी, माछाको हेरचाहमा बिताउनुहुन्छ ।

२० वर्षदेखि आलु खेती

प्रकाश सरले आलु खेती शुरु गरेको २० वर्ष भयो । तेह्र रोपनी जमीनमा उहाँले आलु खेती गरिरहनु भएको छ । विगतमा मकै बालीमा सीमित तडिपाटा गाउँ अहिले नगदे बालीमा धेरै अगाडि पुगेको देखिन्छ । आलुको ‘सुपरजोन’ नै घोषणा भएको छ । यस क्षेत्रका अधिकांशका खेतबारी अहिले आलुको हरिया पातहरुले हरियालीपूर्ण छ ।

“यहाँ शुरुशुरुमा मकै मात्रै लगाउँथ्यौंँ । हामी मकैमा मात्रै सीमित थियाँैं”, उहाँले भन्नुभयो, “पछि विस्तारै बुझ्दै जाँदा आलु खेतीबाट राम्रो आम्दानी हने थाहा पाएपछि अहिले यहाँका सबैले आलु खेती मात्रै गर्छन् ।” धेरै स्थानमा सिँचाइको सुविधा नभएको जनाई धेरैले काम गर्ने छाडेका उदाहरण छन् । इच्छा शक्ति भए सबै हुन्छ भने जस्तै ऐरले खेतीभन्दा तलको खोलाबाट मोटरको प्रयोग गरी बारीमा सिँचाइको व्यवस्थापन गर्ने गर्नुभएको छ ।

शुरुमा आलु खेती गर्दा केही समस्या आफूले भोग्नु परेको उहाँले सुनाउनुभयो । “मैले १३ रोपनीमा आलु खेती गर्ने गरेको छु । शुरुमा गाईवस्तुहरु पाल्नुपर्ने थियो, जोत्न कठिनाइ पनि थियो”, उहाँले भन्नुभयोे, “अहिले यान्त्रीकरणको युग आइसकेपछि आलु सुपरजोनबाट ५० प्रतिशत अनुदानमा मेशिनहरु पनि उपलब्ध भएको छ । त्यसले जोत्ने काममा सहजता ल्याएको छ ।”

म्याडमको साथ

उहाँको छ जनाको परिवार छ । उहाँलाई आलु खेतीमा घरपरिवारका अन्य सदस्यले पनि साथ दिइरहनु भएको र्छ । “तीन घण्टा बिहान र तीन घण्टा साँझ गरेर हामी बारीमा काम गर्छौंँ”, उहाँले भन्नुभयो, “आलु खेती गर्दा मलाई म्याडमले पनि सघाउनुहुन्छ, मिलेर काम गर्छौंँ ।” “बिहान बेलुका व्यायाम पनि हुन्छ । काम पनि हुन्छ । मलाई एकदमै रमाइलो लागेको छ”, उहाँले थप्नुभयो ।

एक याममा रु छ लाख कमाइ

उहाँ अहिले एक याममा सरदर १२ देखि १५ टन आलु उत्पादन गर्नुहुन्छ । आलु राम्रो उत्पादन भएका समयमा एक याममा रु छ लाख र कम उत्पादन भएका याममा रु तीन लाख आम्दानी हुन्छ । बिक्रीवितरणमा पनि केही समस्या नभएको उहाँको भनाइ छ । उत्पादित बीउ आलु भने उहाँ नजीकैको उग्रतारा शितभण्डारणगृहमा राख्नुहुन्छ । आलु रोप्ने समयमा तराईका जिल्ला कैलाली र कञ्चनपुर तथा पहाडका बैतडी, दार्चुला, बझाङ र डोटीका विभिन्न स्थानीय तहले सजिलै उहाँकै घरबाट बीउ आलु खरीद गरेर लैजान्छन् ।

प्रकाश सरले तमाम विद्यार्थीलाई औपचारिक शिक्षा दिइरहँदा आलु खेती गर्न चाहने किसानलाई आलु बीउ उत्पादन र बिक्री गरेर उदाहरणीय काम गरिरहनुभएको स्थानीयवासी बताउँछन् । उहाँको यस कार्यमा थप बल तथा प्रोत्साहनस्वरुप प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको कार्यान्वयन एकाइ आलु सुपरजोन डडेल्धुराले अनुदान र बेलाबेलामा प्राविधिक सहयोग गर्दै आएको छ ।

सहयोग भएपछि आलु खेतीको दायरा फराकिलो भएको उहाँले बताउनुभयो । अहिले खायन आलु (खानका लागि लगाइएको आलु) मात्र हैन, बीउ पनि उत्पादन भइरहेको छ । खायन आलुको मूल्य प्रतिकिलो रु २५ देखि ३० तथा बीउ आलुको मूल्य प्रतिकिलो रु ७० देखि ८० हो । “आलु मेरो जीवन नै हो, व्यावसायिक आलु खेतीमा मुनाफा त छँदै छ, आनन्द पनि उत्तिकै छ । घरपरिवारका सदस्यले सघाउँछन् । काम सकिन भने केही समयका लागि भए पनि ज्यालामा श्रमिक पनि राख्छु ”, उहाँले सुनाउनुभयो ।

विदेशिने युवालाई सुझाव

युवाले खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा आम्दानी गर्न सकिने उहाँको सुझाव छ । देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवा विदेश पलायन हुनु नपर्ने बताउँदै उहाँले भन्नुभयो, “युवाहरुले आफ्नै देशमा केही न केही व्यापार व्यवसाय गर्नुपर्छ । विदेश जानु हुँदैन । यहीँ लाखाँैं कमाउन सकिन्छ ।” नेपालकै भूमिमा पसिना बगाउन उहाँले सुझाव दिनुभयो । ‘‘विदेशी भूमिमा घण्टौंँ पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा आफ्नै भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिन्छ’’, उहाँले भन्नुभयो ।

यो पनि : मध्यपहाडी लोकमार्गले पूर्वीपहाड र काठमाडौँलाई नजिक बनायो : उपाध्यक्ष कँडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौँलाई नजिक बनाएको बताउनुभएको छ । विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ आउनुभएको अवसरमा बुधबार दिक्तेल बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पुष्पलाल मध्यपहाडी लोकमार्गले धनकुटाबाट पहाडै–पहाड एकै दिनमा काठमाडौँ आउजाउ गर्ने वातावरण बनेको बताउनुभयो ।

उपाध्यक्ष प्रा डा कँडेलले खोटाङको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना, बङ्शिलाघाट–दिक्तेल–ऐसेलुखर्क सडक कालोपत्र, दिक्तेलबजारको सडक ढलान, घुर्मी–चतरा सडकलगायतका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले जिल्लामा सञ्चालन हुने विकास निर्माणका कामलाई प्रभावकारी बनाउन जिल्लावासीको पनि उत्तिकै भूमिका हुने भएकाले सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीको पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले मध्यपहाडी लोकमार्गका सम्भावना भएका ठाउँमा सुरुङमार्ग निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख नारायणप्रसाद निहुरेले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–खचेवाभञ्ज्याङ खण्डको कालोपत्रका काम आगामी आर्थिक वर्ष पूरा गर्नेगरी काम भइरहेको बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपा खोटाङका नेता देवविक्रम राईले खोटाङसँग सम्बन्धित सडक, पुल तथा विद्युत्को कामलाई द्रुत गति दिन आयोगका उपाध्यक्ष प्रा डा कँडेललाई ध्यानाकर्षण गराउनुभयो । जिल्लामा सञ्चालित अधिकांश विकास निर्माणका काममा ठेकेदार कम्पनीको लापर्वाहीले ढिलासुस्ती हुनुका साथै गुणस्तरहीन काम भइरहेको जानकारी गराउनुहुँदै नेता राईले यसप्रति कडाइ गर्न अनुरोध गर्नुभयो ।

प्राविधिक टोलीसहित अनुगमनमा निस्कनुभएका उपाध्यक्ष प्रा डा कँडेल बुधबार नै साँझ कालोपत्रको काम भइरहेको दिक्तेल–चखेवा सडक अवलोकन गर्नुहुँदै छिमेकी जिल्ला भोजपुर जानुभएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत रामेछापको दोलालघाटबाट खोटाङको हलेसी हुँदै दिक्तेल आउनुभएका उपाध्यक्ष प्रा डा कँडेलको टोली पाँचथरको चुवाभञ्ज्याङसम्म पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

यो पनि : माटोको अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

नजिकिँदै गएको सरस्वती पूजाका लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्सा पोखरीया नगरपालिका–९ का कालिगड शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएपछि चिन्तामा देखिनुभएको छ ।

विगत छ वर्षदेखि मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका महतोले माग अत्यधिक भए पनि मूर्ति बनाउने माटोको अभावका कारण यसपालि सोचेजस्तो अत्यधिक मूर्ति बनाउन नसकिएपछि व्यापारसमेत प्रभावित भएको बताउनुभयो । “पर्याप्त मात्रामा माटोको समस्याले मागअनुसार यसपालि सरस्वतीको मूर्ति बनाउन नसकिएको हो”, महतोले राससलाई भन्नुभयो । उहाँका अनुसार एक त माटो पाइँदैन भने अर्कोतिर माटो पाए पनि जग्गाधनीले प्रतिट्र्याक्टर मूर्ति बनाउने माटो करिब रु ९०० का दरले रकम लिने गरेकाले यसपालि थोरै मूर्ति बनाइएको हो ।

“अघिल्लो वर्षमा यो सिजनमा मूर्ति बनाएरै लाखौँ रुपैयाँ आम्दानी गरे पनि सयपालि भने किसानले आफ्नो खेतमा समयमै गहुँ छरेकाले राम्रो र सोचेजस्तो माटो नपाउँदा यस्तो अवस्था आएको हो”, परवानीपुरमा मूर्ति बनाइरहेका शिवलखन महतोले गुनासो गर्नुभयो । पर्सा हरिपुर निवासी रङ्गलाल पण्डितको भनाइ भने बेग्लै रहेको छ । उहाँका अनुसार माग बढी भएपछि मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ ।

श्रीपञ्चमी आउन केही दिनमात्र बाँकी रहँदा जिल्लाका विभिन्न ठाउँमा कालिगडले मूर्ति बनाउने कामलाई निरन्तरता दिएका छन् । “यस वर्ष शुरुमा चिसो र शीतलहरका कारण समयमै मूर्ति बनाउन नसकिएकाले अहिले यता घाम लाग्दा मूर्तिको माग बढेपछि मूर्ति बनाउन भ्याइनभ्याइ भएको कालिगडको भनाइ छ । अहिले पर्सा जिल्लाका विभिन्न ठाउँमा सडक छेउ, दलान, घरआँगन र खाली ठाउँमा मूर्ति बनाउन कस्सिएका कालिगडको सङ्ख्या बढ्दै गएपछि यो व्यवसायले सोचेजस्तो आर्थिक लाभ दिन नसकेको हो । जानकी टोलामा मूर्ति बनाइरहेका रमेश पण्डितले भन्नुभयो, “वसन्त पञ्चमी लागेदेखिनै सामुदायिक तथा निजी बोर्डिङ स्कूलको सङ्ख्या थपिए पनि मूर्ति बनाउने कालिगडको सङ्ख्या बढेकाले यो व्यवसायले पहिलेजस्तो आर्थिक लाभ दिन सकेको छैन ।”

भावना र कलाको संयोजनले काँचो माटो र पराललाई मिसाएर ईश्वरको रूप दिएर व्यवसाय गर्दै आएका पुराना पुस्ताले यो व्यवसायप्रति आकर्षण देखाउन नसक्दा तथा युवा पुस्ता वैदेशिक रोजगारमा जाने होडबाजीको कारण यो व्यवसाय पनि प्रभावित हुँदै गएकोमा पछिल्लो पुस्ताले चिन्ता व्यक्त गरेका छन् । अहिलेका युवा माटो पराल छुन घिन मान्ने भएकाले पनि यो व्यवसायप्रति युवा पुस्ताको आकर्षण घट्न थालेकोे हो ।

भागवत् गीताका अनुसार भगवान् श्रीकृष्णको जिब्रोको अग्रभागबाट माता सरस्वतीको उत्पत्ति भएको हो । सरस्वतीको सेतो वर्ण ज्योतिर्मय ब्रह्माको प्रतीक मानिन्छ । सरस्वतीको आशीर्वादबिना यो जगत्मा कसैले विद्या प्राप्त गर्न सक्दैन । सरस्वतीको सेतो वर्ण ज्योतिर्मय ब्रह्माको प्रतीक मानिएकाले सरस्वतीबिना यो जगत्मा कसैले विधा प्राप्त गर्न सक्दैन । शास्त्रले भन्छ, माता सरस्वतीकै कृपाले कालीदास, महर्षि वाल्मीकि आदिलाई कविको उपाधि प्राप्त भएको थियो ।

आउँदो फागुन पञ्चमीको दिनअर्थात् मङ्गलबार श्रीपचञ्मी (सरवस्ती पूजा) पर्ने भएकाले बुधबारसम्म सबै मूर्ति दिइसक्नुपर्ने भए पनि विगत लामो समयदेखि हुस्सु र शीतलहरका कारण मौसमको खराबीले घाम उदाउन नसक्दा कालिगडलाई मूर्ति सुकाउन समस्या भएको छ । प्रविधिले विकास गर्दै गए पनि मूर्तिपूजाको आस्थामा भने कमी नआएकाले यो व्यवसायको भविष्य भने उज्ज्वल रहेको कालिगडको भनाइ छ । बर्सेनि विद्याकी देवी सरस्वतीको मूर्ति बनाउने अधिकांश कालिगड निरक्षर रहेको पाइएको छ तर कतिपय कालिगड मूर्ति बनाउने व्यवसायबाट भएको आम्दानीले आफ्ना छोराछोरीको उज्जवल भविष्यको लागि देवी सरस्वतीको कलात्मक मूर्ति बनाई त्यसबाट आउने रकमले आफ्नो छोराछोरीलाई पढाउने गर्दछन् ।

धर्मशास्त्रमा आधा, गिरा, श्री, ईश्वर, भारती, ब्राह्मी, भाषा, महाश्वेता, वाक, वाणी, वागिरा, विद्यात्री, बागीश्वरी, वीणापाणी, शारदा, पुस्तकधारीणी, जगत्व्यापिनी, हारिमहाविद्या र धिश्वरी यी नामले सरस्वतीको उच्चारण गरिन्छ । विद्याकी देवी सरस्वतीको तीनस्थान रहेको छ, स्वर्ग, पृथ्वी र अन्तरिक्ष । स्वर्गकी बाग्देवीको नाम भारती, पृथ्वीकी बाग्देवीको नाम इला र अन्तरिक्षकी बाग्देवीको नाम सरस्वती रहेको छ । ऋग्वेदमा बाग्देवीको नाम सरस्वती भनेर उल्लेख गरिएको छ । ताल, स्वर, लय, राग, रागिनी आदिको प्रादुर्भाव सरस्वतीबाटै भएकाले सात प्रकारको स्वरले माता सरस्वतीको स्मरण गर्ने परम्परा रहिआएको छ ।

बुद्धि, ज्ञान र विद्याको रूपमा सारा संसारमा आफ्नो कृपाको प्रकाश फैलाउने सरस्वतीलाई श्रीपञ्चमीको दिन विद्यार्थीले माता सरस्वतीको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । ठाउँठाउँमा कालिगडले सरस्वतीको कलात्मक र सुन्दर मूर्ति बनाउन थालेपछि बाटो हिँड्ने जो कोही पनि एकछिन त्यो मूर्तिलाई नियाल्ने गरेका छन् । कालिगडको कलाकारिता देखेर मानिस अचम्मित हुने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *